नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्। संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको बताइएको छ ।
यसपालि आएको पैसा कसैको खर्च भइसकेको हुनसक्ने भएकोले अर्को महिना आउने तलब कोषमा जम्मा गर्ने निर्णय नेकपाले छ ।प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता पनि फिर्ता गर्ने निर्णय आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने तयारी छ ।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सबै सांसदहरूको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो।
