नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।
बलिउडका बादशाह शाहरुख खान कुटिएका छन् । उनलाई दिल्लीका केटाहरुले कुटेका हुन् । खान एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा दिल्लीका केटाहरुले उनलाई कुटेका थिए । यो कुरा शाहारुख आफैले बताएका छन् ।
शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दिएका छन् । उनले भनेका थिए, ‘एकपटक म एक युवतीलाई डेट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले मलाई कुटेका थिए । केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजू भएको बताउँदै मलाई कुटेका थिए ।’
शाहरुख खानले घटनाबारे कुरा गर्दै उनी आज पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा उनलाई भाउजू भन्ने गरेको बताए । दिल्ली जाँदा कसैले गौरीबारे सोध्दा उनी उनको परिचय भाउजूको रुपमा दिन्छन् । यो कुरा सुनेर कपिलको सोमा हाँसोको फोहोरा गुञ्जिएको थियो ।