नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।
भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्पतालको सूत्रले पनि यसको पुष्टि गरेको छ।
उसका अनुसार आज बेलुकीसम्म सञ्जय दत्त र उनकी पत्नी मान्यताले यसको आधिकारिक घोषणा गर्ने सम्भावना छ। सोमबार ६१ वर्षीय सञ्जयको पजिट्रन एमिस्सन टोमोग्रफी (पीईटी) रिपोर्ट आएको थियो। जसले उनी क्यान्सरबाट मुक्त भएको देखाएको थियो।
दुई दिनअघि सञ्जय दत्तले एक भिडिओ सार्वजनिक गर्दै क्यान्सरलाई जित्ने आत्मविश्वास व्यक्त गरेका थिए। जुन भिडिओ सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए।