नेकपा कर्णालीको विवाद समाधानको लागि ओली र प्रचण्डले दिए यस्तो निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न पार्टी कमिटी र संसदीय दललाई निर्देशन दिएको छ । नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको बैठकले उक्त निर्देशन दिएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले कर्णालीमा देखिएको विवाद त्यहीको संदीय दल पार्टी कमिटीलाइ नै मिलाउन निर्देशन दिएको जानकारी दिए । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध यमलाल कँडेलसहित १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीको विवाद सतहमा आएको हो ।



अध्यक्षद्वयले दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले दुई जना अध्यक्षको निर्णय मान्नुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार