नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

आज बिहान लमजुङमा ११ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
लमजुङ दोर्दीका ४ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, क्लोहसोथार ४ का १ पुरुष र ठेगाना नखुलेका ६ पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७६ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

