नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

नेपालमा आज कोरोना भाइरसका ३ हजार ९३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका सहित संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । डिस्चार्ज हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।
मन्त्रालयका अनुसार मृतकको संख्या भने ७६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या नै ४१ हजार ७ सय ५५ पुगेको छ ।
