राष्ट्रपतिद्वारा आज रानीपोखरीको उद्घाटन हुँदै

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण कार्य सम्पन्न भएकाले आज उद्घाटन हुने भएको छ । आज दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।



यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुननिर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । शिलान्यास भएको करिब ५ वर्षपछि रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार