नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कात्तिक ।

अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले विहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।
शुक्रबार देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।
