यस्तो छ आजको मौसम पूर्वानुमान

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन बाहिरिसकेकोले तत्काललाई नेपालभर ठूलो वर्षाको सम्भावना नरहेको बताइन्छ ।

सम्बन्धित समाचार