नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कात्तिक ।

कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन भएको छ । धरानस्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनको निधन भएको अस्पतालका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
सुन्दरहरैचा मोरङकी ती बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै कोभिड अस्पतालमा रिफर गरेको थियो ।
ती बालिकामा मस्तिष्क सम्बन्धि समस्या रहेको डा। श्रेष्ठले जानकारी दिए । उनीमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । शवको नियम अनुसार व्यवस्थापन हुँदै गरेको अस्पतालले जनाएको छ ।
