नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कात्तिक ।

नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ। शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँदछु। केहि दिन यता मसँग संपर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’
