नेपालमा आज थपिए २ हजार ८५६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।



नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।

 

सम्बन्धित समाचार