कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।

कोरोना संक्रमणका कारण यो वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि ०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार