प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंको टीका ग्रहण गरेका छन् । त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएकी थिइन् ।

उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराको माला ग्रहण गरेकी थिइन् ।



प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।

सम्बन्धित समाचार