ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, ६ जना घाइते

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ ।



हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घटना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार