चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना

चिनियाँ कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो।

डा. भट्टराईसँगै पूर्वमन्त्री समेत रहेकी उनकी पत्नी हिसिला यमीमा कोरोना केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीले दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।



विदेश विभागले पठाएको पत्रमा डा. भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ।

सम्बन्धित समाचार