नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

काठमाडौंमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको तापक्रम झण्डै ४ डिग्रीले बढेको हो ।
आज दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यसैबीच आज पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिए । आज बादल लागे पनि पानी भने कतै पनि पर्दैन ।
