कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना सांसदसँग मिलेर अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्न प्रदेशका अध्यक्ष समक्ष सिफारिस गरिएको छ।

कार्तिक ८ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बैठकमा सामेल एक मन्त्रीले बताए। मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ गते ओली पक्षका ८, माधवकुमार नेपाल पक्षका ७ र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका ३ जना गरी १८ जना नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए।



तर माधव नेपाल पक्षले अविश्वासको प्रस्तावबाट हात झिकेपछि यही कार्तिक ७ गते मुख्यमन्त्री शाहीले आफ्ना पक्षमा विश्वास जितेका थिए। शाहीले अविश्वासको प्रस्ताव पिर्ता लिने ७ जना नेपाल पक्षका सांसदमध्ये ती जनालाई मन्त्री बनाउने तयारी समेत गरेका छन्।

ओली पक्षले भने प्रधानमन्त्री ओलीले दिएको निर्देशन नमानी अघि बढेको भन्दै शाहीविरुद्धको अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी गरेको छ । ओली पक्षको यही तयारीका कारण शाहीले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।

सम्बन्धित समाचार