नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

गण्डकी प्रदेशमा बुधबार ७९ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७९ जना संक्रमितहरु थपिएका हुन् ।
नयाँ संक्रमितहरुमा सबै कास्की जिल्लाको पोखरा महानगरपालिकाका रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ६९११ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ६९ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ४०१४ जना ठीक भएका छन् ।
