राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर खाता अचानक बन्द

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर एकाउन्ट अचानक बन्द भएको छ । @ShitalNiwas ह्यान्डलको राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयको आधिकारिक ट्वीटर एकाउन्ट आजदेखि अचानक बन्द भएको हो ।

राष्ट्रपतिका मिडिया विज्ञ टीकाप्रसाद ढकालअनुसार राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको हो ।



‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौँ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु,’ उनले ट्वीट गर्दै भनेका छन् ।

सम्बन्धित समाचार