मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।



पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुलाई कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाको समुदायस्तरमा तीव्र गतिमा कोरोना फैलिएसँगै उच्च पदस्थहरु पनि धमाधम संक्रमित भइरहेका छन्।

सम्बन्धित समाचार