नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दैदेशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
यसैगरी, आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार भने देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
