कांग्रेस केन्द्रीय समिति बैठक २१ कात्तिकदेखि बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् । कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा यसो बैठक महत्वपूर्ण हुने बताइएको छ ।



त्यसैगरी कोरोनाको कहरका बीच बस्न लागेको प्रमुख प्रतिपक्षी दलको बैठकमा सरकारको कामकारबाहीप्रति कडा रूपमा उत्रने अनुमान छ ।

सम्बन्धित समाचार