नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।
एक साताअघि सार्वजनिक गरेको र्यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्यापर भिटेन अर्थात् समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ। भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो अहिले युट्युवबाट हटाईएको थियो । हटाउनुअघि गीत युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको हो।
गत वर्ष पनि उनको एउटा र्यापका कारण अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।