नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

नेपालमा शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा संक्रमण भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन्। यससँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।
