नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।
सिंघम चलचित्रबाट चर्चामा आएकी बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी गौतम किचलूसँग मुम्बईको एक होटलमा विवाह गरेकी हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण उनको विवाहमा केही मानिस मात्रै सहभागी भएका थिए ।
सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको निकै लामो समयदेखि चर्चा हुने गरेको थियो ।