कर्णाली प्रदेशका मन्त्रीहरूलाई राजीनामा नदिन ओलीको निर्देशन

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् ।

उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए । ओलीनिकट प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भने आफूले राजीनामा नदिने बताए ।



उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए । केही नबिगारको अवस्थामा राजीनामा दिनुनपर्ने नेताहरूले बताएको रावलको भनाइ थियो । प्रधानमन्त्री ओलीले पनि राजीनामा नदिन भनेपछि मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनमा अफ्यारो पर्ने देखिएको छ ।

सम्बन्धित समाचार