पार्टी एकतामा गम्भीर संकट देखियो : अर्थमन्त्री पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन् । आइतबार ट्विट गर्दै पौडेलले पार्टी एकताका संकटमा पुग्न लागेको संकेत हुन्।

उनले पार्टी एकताको रक्षाका लागि योगदान दिन नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन्।



‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामू गम्भीर संकट उत्पन्न भएको छ,’ उनले ट्विटमा लेखेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’

सम्बन्धित समाचार