आज थपिए २ हजार ८२४ जना कोरोना संक्रमित‚ थप २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।



हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६१ जना सक्रिय संक्रमित छन्। यीमध्ये ६ हजार ७ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै पीसीआर परीक्षण हुनेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ।

सम्बन्धित समाचार