पार्टी विभाजनबारे प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट कोभिडले उब्जाएको परिस्थितिका कारण केही पातलो भएको प्रतिक्रिया दिएका छन् । पार्टीभित्र अन्तरविरोध देखिएको भन्दै सञ्चार माध्यममा आएका समाचारबारे संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले बाहिर मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था नरहेको स्पष्ट बताए । उनले पार्टी ठीक ढङ्गबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।

ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे ।



‘उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ’, उनले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो ।’

सम्बन्धित समाचार