नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनले आज पनि बस्ने भनिएको पदाधिकारी बैठक स्थगित हुने भएको छ । केसी बहालवाला सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्।

केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने जनाइएको छ। केसीको निधनको शोकमा शीर्ष तहका नेताको बैठक मंगलबार नबस्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।



सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि मंगलबार १ बजे बस्ने गरि बैठक टुंगिएको थियो।

सम्बन्धित समाचार