भीम रावललाई फकाउँदै ओली समूह, विष्णु पौडेलले भेटेर दिए यस्तो आश्वासन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी ओली समूहले प्रचण्ड समूहका नेताहरुलाई फकाउन शुरु गरेका छन् । संसदीय दलमा बहुमत जुटाउने प्रयासमा रहेको ओली समूहले पछिल्लो विवादमा प्रचण्डलाई साथ दिंदै आएका नेता भीम रावललाई बिभिन्न प्रलोभन देखाएर आफूतिर तान्ने प्रयास गरेको खुलाशा भएको छ ।

स्रोतका अनुसार नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले स्थायी समिति सदस्यसमेत रहेका नेता रावललाई भेटेर जारी शक्ति संघर्षमा ओलीलाई साथ दिन आग्रह गरेका हुन् । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको एक कोठामा दुईजना नेताबीच झण्डै २ घण्टा वार्ता भएको थियो । वार्ताको क्रममा पौडेलले नयाँ पार्टीमा आकर्षक पदका साथै सरकारमा पनि उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय दिन सकिने आश्वासन दिएको स्रोतको दाबी छ ।



सरकार र पार्टीका गतिविधिमा रावलले तीब्र असन्तुष्टि जनाउने गरेका छन्। त्यसो त उनले यसअघि चर्किएका पार्टी विवादमा पनि पार्टी फुटाउने सन्दर्भमा आफ्नो नाम कुनै समूहमा पनि नराख्न आग्रह गरेका थिए । पछिल्लो समय पार्टी विभाजन हुने अवस्थामा रावलले प्रचण्ड नेपाल समूहको साथ छोड्न सक्ने भन्दै ओली समूहले उनलाई फकाउने प्रयास गरेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार