नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।
र्यापर समिर घिसिङ भिटेनलाई पक्राउ नगर्न अदालतले आदेश गरेको छ। उच्च अदालत पाटनका न्यायधिश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो। फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न अन्तरिम आदेश जारी भएको हो।
उनले कार्तिक १६ गते निषेधाज्ञा विरुद्ध निवेदन दिएका थिए। आज भिटेनको रिट निवेदनमा बहस भएको हो। कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वनजिक गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो।
भिडियोमा उनले अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले अनुसन्धान अगाडि बढाउन केन्द्रीय अनुसन्धान व्युरोलाई पत्राचार गरेको थियो। त्यसपछि भिटेनले आफ्नो भिडियो युटुवबाट हटाएर माफी समेत मागिसकेका छन्। प्रहरीको अनुसन्धानको घेरामा परेपछि उनी अदालत पुगेका हुन्।