नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। काठमाडौंको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको विश्वकर्माको स्वास्थ्यमा आजदेखि क्रमिक सुधार आएको डाक्टरहरूले बताएका छन्।
विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना र निमोनियाका कारण उनको फोक्सोले राम्रोसँग काम गरेको थिएन। शुरूमा आइसियु र पछि ग्राण्डीको भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो।
विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार आज गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अहिले उनको होस पनि खुलेको छ। विगत छ दिनदेखि विश्वकर्माको होस थिएन।
