मौसम पूर्वानुमान: यी स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।



यस्तै, राति देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

सम्बन्धित समाचार