नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कात्तिक ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं अवतरण गरेका हुन् ।
नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेवाको दुईवटा विमानमार्फत काठमाडौं आर्लिएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् । आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् ।
नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
