नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कात्तिक ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेआफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफु त्यसका लागि तयार नभएको बताएका हुन् ।
‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले म राजीनामा दिन्न्’, प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गरे ।
आफू जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री भएको बताउँदै ओलीले अस्थिरताको खेती गरिरहने प्रयास रहेकाहरु पलायन भएर जाने बताए । नेकपाको जारी विवाद वार्ताबाटै समाधान हुने उनको भनाई थियो ।
