आज थपिए ३ हजार ३०९ जना कोरोना संक्रमित, थप ३० जनाको निधन

नेपालमा गत २४ घण्टामा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ८७८ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित भए ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

सम्बन्धित समाचार