नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।

प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एकमन्त्रीले बताए ।
आजको बैठकमा प्रधानमन्त्री ओली निकै निराश भएर प्रस्तुत भएका थिए । नेकपाको जारी विवादले गम्भीर राजनीतिक सङ्कट आउन सक्ने भन्दै उनले मन्त्रीहरुलाई सचेत गराएका हुन् ।
सत्तारूढ नेकपा पछिल्लो समय चरम विवादबाट गुज्रिइरहेको छ । गाँठो फुकाउन अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ । आजको वार्तामा ओली सचिवालय बैठक बोलाउन तयार नभए पार्टी एकता धरापम पर्नसक्ने प्रचण्ड निकट स्रोतले बताएको छ ।
