राष्ट्रपतिद्वारा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी हुन् । उक्त समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।



समारोह पश्‍चात राष्ट्रपतिसँग सेनाध्यक्ष नरवणेले शिष्‍टाचार भेट गरेकी थिइन् ।

सम्बन्धित समाचार