नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
बलिउड अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन् । उनीविरुद्ध गोवाको अगौडामा अश्लील भिडियो सुट गरेको जाहेरी गोवाको क्यानाकोना पुलिस स्टेशनमा दर्ता भएको थियो। गोवा पुलिसले उनलाई पक्राउ गरेको हो।
गोवाको चापोली बाँधमा अश्लील भिडियोको खिचेको आरोप उनीमाथि लगाइएको छ। उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको छ। पुनम पाण्डे र अज्ञात व्यक्तिको विरूद्ध पनि जाहेरी दर्ता गरिएको छ।
जाहेरी हालेका अज्ञात व्यक्तिले पाण्डेको अश्लील भिडियो सुट गर्दै गरेको प्रमाणसहित जाहेरी गरेका थिए। हालै मात्र पुनम पनि बिहेको बारेमा विवादमा परेकी थिइन्। उनले आफ्नो प्रेमी सामसँग विवाह गरेकी थिइन्। तर दुई हप्ता भित्रै हनिमुनको बेला आफूलाई पतिले कुटपिट गरेको भन्दै उजुरी गरेकी थिइन्।