नेकपा सचिवालय सदस्यहरूलाई प्रचण्डले बोलाए धुम्बाराही

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् । शुक्रवार अपराह्न १२ बजे नेताहरूलाई धुम्बाराही बोलाइएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे ब्रिफिङ गर्न प्रचण्डले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन् । प्रधानमन्त्री ओलीबाहेक सबै सचिवालय सदस्यलाई बोलाइए पनि उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ुबादलु नजाने सम्भावना रहेको स्रोतको दाबी छ ।



नेकपामा विवाद बढ्दै जाँदा यसअचि विवाद समाधनको लागि गठन गरिएको कार्यदलले पनि प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भेट्ने भएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल रहेका थिए।

सम्बन्धित समाचार