नेकपा फुट्ने चर्चाले बढ्यो राष्ट्रपतिको सक्रियता, बर्षमानलाई पनि बोलाईन् शीतल निवास

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सक्रियता बढेको छ । भण्डारीलेले नेकपाको एकता बचाउने भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापालाई भेटिसकेकी छिन् । यसैक्रममा उनले नेता बर्षमान पुनलाई पनि शीतलनिवास बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले पूर्वमाओवादी पृष्ठभूमिका नेता पुनलाई पार्टीमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिने उद्देश्यसहित शुक्रबार शीतलनिवास बोलाएकी हुन्। पुन प्रचण्डका विश्वासपात्र मानिन्छन् ।



यता नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा आज सचिवालय बैठक बोलाएपछि पार्टी विवाद थप चर्किने देखिएको छ । ओली समूहले आजको बैठक बहिस्कार गर्ने भएको छ ।

सम्बन्धित समाचार