बहुमत सचिवालय सदस्यको बैठक धुम्बाराहीमा शुरु, के गर्ला निर्णय ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा सचिवालय बैठक बोलाएका हुन् ।

बहुमत सदस्य रहेको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदमबारे छलफल हुनेछन् । प्रधानमन्त्री पक्षका नेताहरुले भने उक्त बैठक बहिस्कार गरेका छन् । ओली पक्षले उक्त बैठकलाई गुटगत भेला भनेको छ ।



बैठकमा अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी छन् । प्रधानमन्त्रीसहित उनीनिकट इश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बैठकमा सहभागी भएका छैनन् ।

सम्बन्धित समाचार