नेकपा बहुमत सचिवालय सदस्यहरूको बैठकले गर्यो यस्तो निर्णय

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने भएका छन्। नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।



प्रधानमन्त्री ओलीनिकट नेताहरुले भने आजको बैठक बहिस्कार गरेका थिए ।

सम्बन्धित समाचार