नेकपा फुटेपछि ओलीको पार्टीमा बादललाई उपाध्यक्ष बनाइने

नेकपाको विवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै समूह अलग पार्टी गठनको गृहकार्यमा लागेका छन् । प्रधानमन्त्री ओलीले फुटपछि आफ्नो नेतृत्वमा बन्ने पार्टीमा गृहमन्त्री रामबहादुर थापालाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । ओलीबाट आश्वासन पाएको र राष्ट्रपति विद्या भण्डारीले पनि ओलीजीले आफूसँग पनि सो प्रस्तावबारे छलफल गरेकोले ढुक्कसँग प्रधानमन्त्रीको पक्षमा उभिन आग्रह गरेपछि बादल आज प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा सहभागि भएका थिएनन् ।

सरकार रहँदासम्म मन्त्री पद पनि नजाने र पार्टी फुट्दा ओली नेतृत्वको पार्टीमा उपाध्यक्ष समेत पाउने आश्वासन पाएपछि बादलले प्रचण्डको क्याम्प छोडेको बताइन्छ । आजको बैठकमा उपस्थित हुन प्रचण्डले पटक-पटक गरेको आग्रहलाई अस्विकार गरेर बादलले ओली क्याम्पमा रहेको सन्देश दिएका छन् ।



पछिल्लो समय प्रधानमन्त्री ओली र प्रचण्डको समदुरीमा रहेका बादलले अन्तत ओलीलाई नै छानेपछि प्रचण्ड समूह झस्किएको छ । संसदीय दलमा बहुमत जुटाउने उद्देश्यले ओलीले प्रचण्ड पक्षका नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफूतिर तान्न थालेपछि प्रचण्ड समूह तत्काल ओलीविरुद्व एक्शन लिने तयारीमा छ ।

सम्बन्धित समाचार