आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।



नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ५, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ७९, ताप्लेजुङमा २, तेह्रथुममा ६, धनकुटामा ४, भोजपुरमा ४, मोरङमा १२७, सुनसरीमा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी धनुषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५, सिरहामा ३१, काठमाडौँमा १०३०, काभ्रेमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९, नुवाकोटमा १३, भक्तपुरमा १२१, मकवानपुरमा ६३, र रामेछापमा २ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १८७, सिन्धुपाल्चोकमा १९, सिन्धुलीमा १, कास्कीमा १२९, गोरखामा १४, तनहुँमा ३७, नवलपरासीपूर्वमा ९१, पर्वतमा ७, म्याग्दीमा २, लमजुङमा ५, बाग्लुङमा १४, स्याङ्जामा १६, अर्घाखाँचीमा ८, कपिलवस्तुमा १०, गुल्मीमा २०, दाङमा ११४, नवलपरासीमा १२, पाल्पामा १८, प्यूठानमा ५, बर्दियामा २०, बाँकेमा २८, रुकुमपूर्वमा १, रुपन्देहीमा ७०, रोल्पामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी कालिकोटमा १, डोल्पामा १, दैलेखमा ९, रुकुमपश्चिममा ३, सल्यानमा ३, सुर्खेतमा ५५, अछाममा २, कञ्चनपुरमा ४, कैलालीमा ७६, डडेल्धुरामा ७, डोटीमा ४, दार्चुलामा १, बझाङमा ३, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना पुष्टि भएको छ।

सम्बन्धित समाचार