नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले आज बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । हिजो प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो ।
प्रधानमन्त्री केपी ओलीले ९ बजेका लागि समय उपलब्ध गराएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि बताएका छन् । पार्टीभित्र चर्किदो विवादले ओली र प्रचण्डको संवाद तिक्ततापूर्ण बनेपछि सचिवालयका सदस्यले सामूहिक भेट चाहिरहेका थिए ।
प्रचण्ड र ओलीबीच विहीबार भएको भेटमा पनि सामूहिक छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । त्यतिबेला प्रचण्डले पहिला आफूले नेताहरूसँग छलफल गर्ने र त्यसपछि संयुक्त रूपमा आउने बताएका थिए । र अनौपचारिक रूपमा सचिवालयका सदस्यवीच छलफलका लागि धुम्बाराहीमा बस्ने जानकारी ओलीलाई पनि थियो ।
