कोरोनासँग लडिरहेका मनोज गजुरेलले अस्पतालको बेडबाट दिए यस्तो सन्देश

कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयूमा उपचार भैरहेको छ । शुक्रबार मात्र उनको स्वास्थ्यअवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएका थिए । उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

गजुरेलले आफ्नो स्वस्थ्यमा सुधार आइरहेको र आफू आराम रहेको बताए । गजुरेलले हिजोभन्दा आज धेरै राम्रो भइरहेको जानकारी दिएका हुन् । साथै गजुरेलले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत भनेका छन् ।



गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार उनलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार