नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।
अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनको मतगणना जारी छ । पेन्सिलभेनियामा डोनाल्ड ट्रम्पभन्दा २० हजार धेरै मत ल्याएसँगै प्रत्यासी जो बाइडन चुनावी जीत नजिक पुगेका छन्। तर, वर्तमान राष्ट्रपति एवम् प्रतिस्पर्धी ट्रम्पले तत्काल जीत भएको घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका छन्।
राष्ट्रपतीय चुनावअन्तर्गत जारी मतगणनामा अहिले पेन्सिलभेनियाको मतगणना हुँदैछ। पेन्सिलभेनियाको मत आफ्नो पक्षमा आए बाइडन राष्ट्रपति चयन हुनेछन्। जर्जियामा ९९ प्रतिशत मतगणना भइसकेको छ। तर अधिकारीहरुले यो राज्यमा फेरि मत गन्ने घोषणा गरेका छन्। नेभाडा र एरिजोनामा पनि बाइडनका पक्षमा मत बढिरहेको छ।
बाइडनले अहिलेसम्म १६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने ट्रम्पका पक्षमा २१४ मत खसेको छ। अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल मत आवश्यक पर्छ। यस पटकको राष्ट्रपतीय चुनावमा १२० वर्षयताकै सबैभन्दै धेरै अर्थात ६६ दशमलव ९ प्रतिशत मत खसेको छ।